13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु, आज राति नै मत परिणाम घोषणा गर्ने तयारी




उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु, आज राति नै मत परिणाम घोषणा गर्ने तयारी

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ । जिल्ला नगर तर्फका लागि काठमडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालय टेकुमा बिहान आठ बजेदेखि मतदान शुरु भएको हो ।

यस्तै कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिएको छ । आज राती नै मत गणना सम्पन्न गरेर परिणाम घोषणा गर्ने तयारी छ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुन पाउने व्यवस्था भए अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्दै छन् । बाँकी पदहरुमा निर्वाचन हुनेछ ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानल सहित उत्रिएका छन् ।त्यस्तै वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्रतिस्पर्धा हुनेछ । जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन भने एसोसिएट तर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र शौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना उम्मेदवार छन् ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् । कार्यकारिणी सदस्यतर्फ राजेन्द्र राउत र संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् । 




यसमा तपाइको मत


Comments