14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा १ हजार ३८० कोरोना संक्रमित थपिए, ५१५ जना संक्रमणमुक्त 




नेपालमा १ हजार ३८० कोरोना  संक्रमित थपिए, ५१५ जना संक्रमणमुक्त 

काठमाडौं, १३ मंसिर । नेपालमा १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै शनिबार थप ५१५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमित भएर निको हुनेको संख्या २१११८६ पुगेको छ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ । 
पछिल्लो २४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ । 

मन्त्रालयका अनुसार १८ हजार ८३ जना आइसोलेसनमा रहेका छन् । ६१८ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १७ लाख १९ हजार ८२८ पीसीआर परीक्षण गरिएको छ । 




यसमा तपाइको मत


Comments