06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा प्रचण्ड–नेपाल समूहले १४ गते देशव्यापी प्रदर्शन गर्ने 




नेकपा प्रचण्ड–नेपाल समूहले १४ गते देशव्यापी प्रदर्शन गर्ने 

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने भएको छ । काठमाडौं शुक्रबारदेखि प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय गरेको हो । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले देशव्यापी प्रदर्शन १४ गते गर्ने बताएका छन् । प्रदर्शन काठमाडौं केन्द्रित हुने उनको भनाइ छ । बैठकले आन्दोलनका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाएको छ। 

यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । यस्तै २० गतेभित्र नगर÷गाउॅपालिकासम्म बैठक, भेला गर्ने,  २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने पनि केन्द्रीय समितिले निर्णय गरेको छ ।


 




यसमा तपाइको मत


Comments