13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं उपत्यकामा अत्यधिक वायु प्रदुषण, यि कुरामा ध्यान दिउँ




काठमाडौं उपत्यकामा अत्यधिक वायु  प्रदुषण,  यि कुरामा ध्यान दिउँ

-डा. रवीन्द्र पाण्डे-

साेमबारदेखि काठमाडौं उपत्याकामा वायु प्रदुषण अत्यन्तै बढेको छ । चिसो, घाम तथा हावा नलागेको कारण वायुमण्डलमा भएका धुलो तथा धुँवाका कणहरु सतहको नजिक थिग्रिएको अवस्था छ ।

यो प्रदुषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका लक्षण अल्पकालीन रुपमा देखिएका छन् भने मुटु, फोक्सो तथा मस्तिष्कमा हुने खराब असर दीर्घकालमा देखिन सक्छ । काठमाडौं विश्वका सबैभन्दा प्रदुषित सहरको अग्रस्थानमा छ ।

नेपाल सरकारले वायुप्रदुषण  एक्युआई ३०० भन्दा माथि पुगेमा १ वर्षको लागि आपतकालीन अवस्था घोषणा गर्नसक्दछ । गत साल दिल्लीमा प्रदुषण बढेपछि जनस्वास्थ्य संकटकाल लगाइएको थियो भने आम नागरिकलाई मास्क वितरण गरेको थियो । त्यस्तै बेइजिङमा बार्बिक्यु समेत गर्न नपाइने लगायतका कडा नियम जारी गरेको थियो ।

एक्युआई ३०० भन्दा माथि पुगेमा जनस्वास्थ्य संकटकाल लगाउने ब्यवस्था भएकोमा साेमबार काठमाडौंको  एक्युआई ४८७ पुगेको वातावरण विभागको वायु गुणस्तर निगरानीले जनाएको छ । कोरोना संक्रमणको लागि वायु प्रदुषण, फोक्सोको समस्या तथा जेष्ठ उमेर बढी जोखिम मानिन्छ । यो खालको प्रदुषण नियन्त्रण नगरेमा कोरोना संक्रमितहरुलाई थप जोखिम हुनसक्छ ।

तत्काल प्रदुषण नियन्त्रण गर्नको लागि सरकारले केहि दिन गाडी जोरबिजोर चलाउने, मालबाहक ट्रकलाई चेक गरेर तथा सफा गरेर मात्र सहरमा प्रवेश गर्न दिने, मापसे चेक गरेजस्तै धुँवा फ्याँक्ने गाडीलाई चेक गरेर मर्मत सम्भार गर्न लगाउने, स्थानीय निकायसंग समन्वय गरेर धुलो हटाउने अभियान संचालन गर्ने, हरियाली प्रबर्धन गर्ने लगायतका काम गर्नुपर्दछ । यस्तो प्रदुषणको समयमा आम नागरिक सकभर घरमा बस्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने तथा जोखिम वर्गलाई बिशेष ख्याल गर्नुपर्ने हुन्छ ।

स्मरणीय छ, वायु प्रदुषणले फोक्सो, मुटु तथा मस्तिष्कलाई गम्भीर असर गर्दछ भने क्यान्सर, मनोरोग आदिको पनि कारक तत्व हो ।

डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।

 

 

 



Related News


यसमा तपाइको मत


Comments