16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौंमा एक पुरूषको हत्या




काठमाडौंमा एक पुरूषको हत्या

काठमाडौं, २२ पुस । काठमाडौंमा एक पुरूषको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले भारत मोतिहारी घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने २५ वर्षीय सुबोध शर्मालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार उनलाई बुधबार बिहान साढे ५ बजे ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको हो।  उनीमाथि सोही ठाउँ बस्ने २५ वर्षीय कलाम मियाको हत्याको आरोप छ। सुबोधले वडा नम्बर १६ बाइपास ओरालो तरुण मावि नजिकैको सडकखण्डमा मियालाई मंगलबार राति पौने १० बजे पछाडिबाट कैंची प्रहार गरी भागेका थिए। कैंची प्रहारपछि घाइते भएका कलामलाई आफन्तहरूले देखेर तत्कालै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज लगेको थियो। 

कलामको सवा १० बजे उपचारको क्रममा मृत्यु भएको हो । सुबोध शर्मालाई प्रहरीले वीरगञ्जतर्फ टाटा सुमो रिजर्भ गरी भागिरहेको अवस्थामा पक्राउ गरेको हो।  महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार सुबोध र कलामबीच केही समयअघिदेखि विवाद सुरू भएको थियो। 
उनीहरू दुबै जना भारतको बिहार बस्छन्। करिब १४÷१५ वर्षको उमेरमा उनीहरू काठमाडौं आएका थिए।  उनलाई महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ। 



Related News


यसमा तपाइको मत


Comments