12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमानमा गैरकानुनी नेपाली श्रमिकलाई घर फर्किने अवधि थप




ओमानमा गैरकानुनी नेपाली श्रमिकलाई घर फर्किने अवधि थप


काठमाडौं, २३ पुस । ओमानमा गैरकानुनी नेपाली श्रमिकलाई घर फर्किने अवधि थप गरिएको छ । 
ओमानको श्रम मन्त्रालयले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको लागि अलेखबद्ध नेपालीलाई जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन पाउने निर्णय गरेको थियो । यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरुले पनि आगामी मार्च महिनाभित्र जरिवाना नलाग्ने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले कामदार अनुमति पत्र तथा भिसाको म्याद सकिएर ओमानमा अलेखबद्ध भएका नेपाली श्रमिकलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । यदि कसैको राहदानीको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउनुपरेमा पनि दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । 



Related News


यसमा तपाइको मत


Comments