07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवक पक्राउ 




‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवक पक्राउ 


धनगढी, २४ पुस । धनगढीको खुुला मञ्चमा आयोजना भएको नेकपा ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका थिए। उनीहरु ‘निर्मला पन्तको बलात्कारी खै ? ‘निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर प्रधानमन्त्री ओली सहभागी कार्यक्रमा उपस्थित भएका थिए।  सशस्त्र प्रहरीले ६ जना युवकलाई  नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ।

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। 




यसमा तपाइको मत


Comments