13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण




नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण


काठमाडौं, २४ पुस । नेपालमा शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । ५ हजार २ सय ६९ जनाको पीसीआर परीक्षणमा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको हो

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल नेपालमा  ५ हजार २१ सक्रिय संक्रमितको संख्या रहेको छ । 
२४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ५८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।


 




यसमा तपाइको मत


Comments