06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी 




ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिएको छ । महाअभियोगको प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।

तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध दङ्गालाई प्रोत्साहन गरेको आरोप लगाउने योजना छ। संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूले तयारी गरेका हुन् । 
संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए।

जो बाइडनको पहिलो एक सय दिनको कार्यकाल पूरा नहुँदै उक्त दलले सिनेटमा सुनुवाइको निम्ति प्रस्ताव नपठाउन सक्ने पनि जनाइएको छ । 
बाइडनलाई आफ्नो नयाँ मन्त्रिपरिषद् निश्चित गर्न र कोरोनाभाइरससँग जुझ्ने लगायतका नीतिको आरम्भ गर्ने बाटो खुला हुनेछ।
त्यस्तो कदमले हाम्रो महान्‌ देशलाई थप विभाजित गर्न मात्र सघाउने ह्वाइट हाउसको भनाइ छ। यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्‌मा ल्याएर पारित हुनुपर्नेछ। त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ।

यदि उनलाई दोषी ठहर्‍याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ। तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए। डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्‌मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

बीबीसी 



Related News


यसमा तपाइको मत


Comments