16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा ८ सयले घट्यो सुनको मूल्य




तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २७ पुस । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो दिन सुन एकैदिन तोलामा दुई हजार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा किनबेच भएको थियो । अघिल्लो साताको बुधबारयता सुन चार हजार ५०० रुपैयाँले ओरालो लागेको छ ।

सुनसँगै चाँदीको भाउ पनि सोमबार गिरावट भएको छ । यसदिन चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी तोलामा ६० रुपैयाँले गिरावट भई प्रतितोला एक हजार २७० रुपैयाँमा किनबेच भएको थियो ।




यसमा तपाइको मत


Comments