16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चक्कु प्रहार गरी युवकको हत्या आरोपमा पक्राउ




चक्कु प्रहार गरी युवकको हत्या आरोपमा पक्राउ

काठमाडौं, २७ पुस । काठमाडौं बुढानीलकण्ठमा चक्कु प्रहार गरी युवकको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले मकवानपुरको थाहा नगरपालिका–६ का  २१ वर्षीय राजसिंह ठकुरीलाई पक्राउ गरेको हो। 
ठकुरीले पुस २३ गते राती साढे ७ बजेतिर बुढानीलकण्ठ चिसेनीको गुम्बा नजिक सुशील तामाङलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। 
घाइते तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो। तामाङको निधन भएपछि ठकुरीलाई चितवनको पिप्लेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।



Related News


यसमा तपाइको मत


Comments