07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ट्रम्पका समर्थकले हतियारसहित हिंसात्मक प्रदर्शनको तयारी गरेको एफबिआईको चेतावनी 




ट्रम्पका समर्थकले हतियारसहित हिंसात्मक प्रदर्शनको तयारी गरेको एफबिआईको चेतावनी 


एजेन्सी । संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले अमेरिकामा आउँदा दिनहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि सबै ५० राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

शपथग्रह समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ ।

सोमबार राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले क्यापिटल हिल ९संसद भवन० बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताएका छन् ।

अहिलेसम्म राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले क्यापिटल हिल बाहिर हुने विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

गएको बुधबार राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

उनकै पार्टीका नेताहरुले पनि सो आक्रमणमा ट्रम्पकै दोष रहेको र अमेरिकी प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको बताएका छन् ।

हतियारधारी समूहले जनवरी १६ देखि २० सम्म सबै २० राज्य तथा जनवरी १७ देखि २० सम्म राजधानी वासिङ्गटन डिसीमा प्रदर्शन गर्ने तयारी गरेको एफबिआईको पछिल्लो बुलेटिनमा उल्लेख छ ।



Related News


यसमा तपाइको मत


Comments