06 Magh, 2077 / 19 January , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

देशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना




देशका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकासहित एक, दुई स्थानमा मंगलबार हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो।

हेर्नुहोस् 

पुस २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरोको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पुस २९ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २  र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनुका साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

माघ १ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti