16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी




चिनियाँ कोभिड खोप ५० प्रतिशत मात्रै प्रभावकारी


एजेन्सी । चीनको सिनोभ्याकले उत्पादन गरेको कोरोना भाइरस विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको जनाइएको छ । अध्ययनकर्ताहरूका अनुसार नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको हो। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान रहेको बीबीसीले जनाएको छ । 

ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो। बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्रायः कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ।

गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड–१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए।

तर मङ्गलवार उनीहरूले सो तथ्याङ्कमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका सङ्क्रमण भएका व्यक्तिहरूको तथ्याङ्क समावेश नगरिएको बताएका छन्।

त्यो तथ्याङ्क पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो।



Related News


यसमा तपाइको मत


Comments