13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड २० लाख पुग्यो 




विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड २० लाख पुग्यो 


काठमाडौं, २९ पुस । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ करोड २० लाख ७५ हजार १५१ पुगेको छ । संक्रमितमध्ये ६ करोड ५९ लाख २७ हजार ३७७ जना उपचारपछि निको भएका छन् । वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ लाख ७१ हजार ७२४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ४१ लाख ७६ हजार ५० जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड ३३ लाख ६९ हजार ७३२ जना पुगेको छ । ३ लाख ८९ हजार ६२१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ३८ लाख १६ हजार  २३८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९१ लाख ६३ हजार  ८७३ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४ लाख ९५ हजार ८१६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ५६४ पुगेको छ । १ करोड १ लाख २९ हजार १११ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख १५ हजार १४१ जना रहेका छन् ।
ब्राजिलमा ८१ लाख ९५ हजार  ६३७ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ४ हजार ७२६ को मृत्यु भएको छ । ७२ लाख ७३ हजार ७०७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख १७ हजार २०४ जना रहेका छन् ।
रुसमा ३४ लाख ७१ हजार ०५३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६३ हजार ३७० जनाको मृत्यु भएको छ । २८ लाख ५४ हजार ८८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५३ हजार ५९५ जना रहेका छन् ।
बेलायतमा ३१ लाख ६४ हजार ५१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८३ हजार २०३ जनाको मृत्यु भएको छ । १४ लाख ६ हजार ९६७  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख ७३ हजार ८८१ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments