08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओलीमा निरंकुशता बढ्दै गयोः नेपाल 




ओलीमा निरंकुशता बढ्दै गयोः नेपाल 

काठमाडौं, २९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा ओलीमा निरंकुशता बढ्दै गरेको बताएका छन् । काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले झुक्न, विनम्र र शिष्ट हुन नसक्ने भन्दै नेता नेपालले पदमा पुगेपछि ओलीमा निरंकुशता बढ्दै गएको आरोप लगाएका हुन् ।  
उनले ओली नेतृत्वको नेकपालाई सडकछापको दर्जा दिएका छन् । नेपालले भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनुभएको छ । सदस्यलाई बढाएर १५ सय पुर्‍याउनुभएको छ । सुन्दैछु, २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला । उहाँको सडकछाप पार्टीमा को–को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ  । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।’
ओली कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको उनको आरोप छ । केपी ओलीमा संविधान र पार्टी विधानको ज्ञान नभएको पनि नेपालले बताए ।  केपी ओलीले गुटमा विश्वास गर्ने तर विधि र पद्धतिमा विश्वास नगर्ने नेपालको दाबी छ ।  




यसमा तपाइको मत


Comments