13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेप्से सूचक १८.८१ अंकले बढ्यो




नेप्से सूचक १८.८१ अंकले बढ्यो

काठमाडौं, २९ पुस । बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचकले १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको हो। बुधबार झण्डै ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

बुधबार फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढेको छ। लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमुलक र फाइनान्स कम्पनीहरुको शेयर खरिद बढाएको देखिन्छ। यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। बुधबार बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ। 




यसमा तपाइको मत


Comments