12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

४ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि




४ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि


काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

४ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ थियो ।

पछिल्लो २४ घण्टामा थप ४१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ७७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३७ पुगेको छ ।




यसमा तपाइको मत


Comments