12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निर्वाचन आयोगलाई ओलीको जवाफः नेकपा फुटेको छैन, दोस्रो अध्यक्ष प्रचण्ड हुन्(पूर्णपाठसहित)




निर्वाचन आयोगलाई ओलीको जवाफः नेकपा फुटेको छैन, दोस्रो अध्यक्ष प्रचण्ड हुन्(पूर्णपाठसहित)


काठमाडौ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरीयताको अध्यक्ष कायम रहेको जवाफ निर्वाचन आयोगमा पठाएको छ। आयोगले बिहीबार नेकपाका दुवै पक्षलाई सुधारसहित जानकारी पठाउनू भनी पत्र पठाएको थियो। सोही आधारमा ओली पक्षले ऐन–नियम र पार्टीको विधानअनुसार आयोगमा पत्र पठाएको जानकारी दिएको छ। 

पत्र लिएर नेकपा नेता सुवास नेम्बाङसहितको टोली आयोग पुगेको थियो। पत्रमा नेकपा विभाजन नभएको उल्लेख गर्दै प्रचण्ड दोस्रो वरीयताका अध्यक्ष भएको उल्लेख छ।

‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु। द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ,’ आयोगलाई अध्यक्ष ओलीले लेखेका छन्, ‘यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ।’

हेर्नुहोस् पूर्णपाठ




यसमा तपाइको मत


Comments