07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु, भारतमा ५२ जनामा साइड इफेक्ट




नर्वेमा कोभिड भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु, भारतमा ५२  जनामा साइड इफेक्ट

एजेन्सी । नर्वेमा कोभिड– भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको ज्यान गइसकेको छ भने ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। २७ डिसेम्बर २०२० मा कोभिडको भ्याक्सिनेशन शुरु भएपछि देशभर २५ हजारभन्दा अधिक मानिसहरुलाई भ्याक्सिन लगाइएको छ। नर्वेमा जुन मानिसको मृत्यु भएको छ, उनीहरुलाई भ्याक्सिनको पहिलो डोज लिएका थिए, त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थियो।

नर्वे सरकारका अनुसार, जो मानिस बिरामी भएका छन् र वृद्ध अवस्थाका छन्, उनीहरुका लागि भ्याक्सिनेशन अधिक खतरापूर्ण हुनसक्छ।

ज्यान गुमाउने २९ जनामध्ये १३ जनाको भ्याक्सिनबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ, भने बाँकीको मृत्यु बारे जाँच भइरहेको बताइएको छ।

नर्वेजियन मेडिसिन एजेन्सी (एनएमए) का अनुसार, जो मानिसको मृत्युको जाँच गरिएको छ, त्यसमा कमजोर, वृद्ध मानिसहरु थिए, जो नर्सिङ होममा बस्दथे। मृत्यु हुने सबैको उमेर ८० वर्ष माथि थियो।

नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार, फाइजर र बायोएनटेकद्वारा बनाइएको कोभिड–१९ भ्याक्सिन नर्वेमा उपलब्ध एक मात्र भ्याक्सिन हो र सबै मृत्युलाई यसका साथ जोडेर हेरिरहेको छ।

फाइजरको भ्याक्सिनमाथि प्रश्न उठेपछि कम्पनीले बायोएनटेक र एनआईपीएचका साथ मृत्युको जाँच गरिरहेको बताएको छ।
यसैबीच भारतमा शनिबार देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ । भ्याक्सिन लगाएका ५२ जनामा साइड इफेक्ट देखिएको छ। यसैगरी एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।



Related News


यसमा तपाइको मत


Comments