12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा 




नेप्से अहिलेसम्मकै उच्च विन्दुमा 


काठमाडौ, ४ माघ । आइतबार शेयर बजारले २३ सय विन्दु पार गरेको छ ।  २८ दशमलव ४६ अङ्कले बढेर नेप्से आइतबार २३ सय १५ विन्दुमा पुगेको हो । यो अहिलेसम्मकै उच्च विन्दु हो ।
आइतबार जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर २ सय ३२ अङ्कले, विकास बैंक समूहको १ सय १० अङ्कले, उत्पादन समूहको ४९, माइक्रो फाइनान्सको १ सय १५, अन्यको ६०, फाइनान्सको २५, जीवन बीमाको २ सय २१ र निर्जीवन बीमा समूहको शेयर ७८ अङ्कले बढेको छ । दुई सय आठ कम्पनीका एक करोड ५० लाख ३५ हजार कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशत कमाए । १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । 

। 




यसमा तपाइको मत


Comments