07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ करोड  ५४ लाख 




विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९ करोड  ५४ लाख 

काठमाडौं, ५ माघ  । विश्वभर कोरोना भाइरस संक्रमित ९ करोड  ५४ लाख ९४ हजार ०९७  पुगेको छ । ६ करोड ८२ लाख ९ हजार ७८७ जना संक्रमणमुक्त भएका छन् । 
वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख ३९ हजार ९१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड ५२ लाख ४४ हजार ३९२ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित २ करोड ४४ लाख ८२ हजार ०५० जना पुगेको छ । ४ लाख ७ हजार २०२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ४४ लाख २८ हजार  ३५१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९६ लाख ४६ हजार  ४९७  जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख २ हजार ६७२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ४५६ पुगेको छ । १ करोड २ लाख ११ हजार  ३४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ८८ हजार ७४ जना रहेका छन् ।
ब्राजिलमा ८४ लाख ८८ हजार  ९९ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ९ हजार ८६८ को मृत्यु भएको छ । ७४ लाख ११ हजार ६५४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ६६ हजार ५७७ जना रहेका छन् ।
रुसमा ३५ लाख ६८ हजार २०९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६५ हजार ५६६ जनाको मृत्यु भएको छ । २९ लाख ६० हजार ४३१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार २१२ जना रहेका छन् ।
बेलायतमा ३३ लाख ९५ हजार ९५९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ८९ हजार २६१ जनाको मृत्यु भएको छ । १५ लाख ३४ हजार ७३६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १७ लाख ७१ हजार ९६२ जना रहेका छन् ।


 



Related News


यसमा तपाइको मत


Comments