15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा पनि भित्रियो कोरोनाको नयाँ प्रजाति, सावधानी अपनाउन आग्रह




नेपालमा पनि भित्रियो कोरोनाको नयाँ प्रजाति, सावधानी अपनाउन आग्रह

काठमाडौं, ५ माघ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ । पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार दुई पुरुषसहित (उमेर ६७ र ३२) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि छ । 
नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्नलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो।

पाँच जनामध्ये तीन जनामा ‘भेरियन्ट भाइरस देखिएको हो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ। ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


 




यसमा तपाइको मत


Comments