08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओलीको संसद् विघटनको कदम संविधान र गणतन्त्रमाथिकै प्रहारः प्रचण्ड




ओलीको संसद् विघटनको कदम संविधान र गणतन्त्रमाथिकै प्रहारः प्रचण्ड


काठमाडौं, ५ माघ । नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम संविधान र गणतन्त्रमाथिकै प्रहार भएको बताएका छन् ।

पार्टीनिकट महिला संगठनले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा बोल्दै उनले भने, ‘केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन् ।
ढिलो नगरी जनअदालतबाट यो खारेज गर्नुपर्ने उनले बताए । ७० वर्षको त्याग तपस्याबाट आर्जन गरेको उपलब्धि पास्न केपी ओली खलनायक प्रतीत भएको उनले बताए ।

प्रधानमन्त्रीले निरंकुशताको सपना देख्दै परिवर्तनहरूको हत्या गर्न उद्यत रहेको उनले बताएका हुन् । आफूलाई प्रधानमन्त्री पद ठूलो नभएको प्रचण्डको भनाइ थियो। संविधान बन्ने बेला संविधान बनाउनेलाई ठूलो मानिएको प्रचण्डले बताए।

ओलीले सबै सहमति कीर्ते हुने गरी सहमति लत्याएको प्रचण्डको आरोप छ। ‘उहाँले पार्टी निर्णय मान्नुभन्दा संविधान नै सिध्याइदिनेरु,’ उनले भने।




यसमा तपाइको मत


Comments