07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं खड्का गाउँमा विद्युत सर्ट भइ आगलागी, वृद्धको मृत्यु 




काठमाडौं खड्का गाउँमा विद्युत सर्ट भइ आगलागी, वृद्धको मृत्यु 


काठमाडौं, ६ माघ । काठमाडौं कलङ्की, खड्का गाउँमा विद्युत सर्ट भई आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । 
जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका थिए । खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । 
हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । खड्काको छाती, पेट र ढाड पुरै जलेको छ । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । 



Related News


यसमा तपाइको मत


Comments