08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यूएई नेपाली दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द




यूएई नेपाली दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द


काठमाडौं, ६ माघ  । यूएईमा रहेको नेपाली दूतावासका  तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्मचारीमा कारोना संक्रमण पुष्टिभएसँगै दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ । 
 एक विज्ञप्ति जारी गर्दै दूतावासले मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्रप्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । 
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।

दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या eonabudhabi@mofa.gov.np मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments