08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मलेसियाबाट १७ नेपालीको शव ल्याइदैँ




मलेसियाबाट १७ नेपालीको शव ल्याइदैँ

काठमाडौं, ९ माघ ।  मलेशियाबाट १७ नेपाली कामदारको शव नेपाल ल्याइने भएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए ३३० जहाज शव लिन आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाण्डौ अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमले जनाएको छ। 



Related News


यसमा तपाइको मत


Comments