11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

'जननी'




'जननी'

रुपा थापा

जब भरिन्छन काेखहरू

तब बर्षिन्छन् धर्तिमा ममताहरू

श्रृष्टिकै सबै भन्दा सुन्दर रुप

जहा एउटी नारीले

आमा बनेर यो श्रृष्टिलाइ निरन्तरता दिन्छिन

उनी भित्रका प्रेमहरु

उनी भित्रका कोमलताहरु

नौनी जस्तै नरम बनेर पग्लिन्छ

जहा एकपल्ट फेरि उनिले आफैलाइ भेट्छिन

उनले कहिल्यै हिसाब गरिनन

त्यो ममताको सामु

कुल्चिएका उनका अस्तित्वहरुलाई

किनकि उनि त एक नारीबाट

सृष्टिलाई निरन्तरता दिनको लागि

एक जननी जो बनेकी थिइन

जननी बने पछि

उनले थोरै आफैलाइ भुलेकि हुन सक्छिन

सन्तानको ख्याल राख्दा राख्दै

आफ्नै ख्याल राख्न भुलेकि पनि हुन सक्छिन

धेरै पल्ट गुमाएका ति पलहरुलाई

उनले कहिल्यै हिसाव गरिनन्

किनकि उनि त एक जननी थिइन

एक जननी बने पछि

छुटेका हुन सक्छन उनका हातबाट किताबहरु

छुटेका हुन सक्छन उनका स्याबासिका प्रमाणपत्रहरु

छुटेका हुन सक्छन उनका आखामा भरिएका सपनिहरु

छुटेका हुन सक्छन उनका कयौ यात्राहरु

समएको घडामा भरिएका ममताका ति थोपाहरु

जब बर्षिन्छन एउटा जननीको स्तनबाट

आफ्नै रगतका ति थोपा थोपाहरुलाइ बटुलेर

सिच्दछिन उनि एउटा नव कोपिलालाई

ति काच्चो माटोहरुलाई

एउटा आक्रृतिमा ढाल्दा ढाल्दै

भुलेकि हुन सक्छिन एउटी जननीले

आफ्नै आकृतिको रुप रेखा कोर्नलाई

सन्तानका निम्ति हाँसीहाँसी

आफ्नाे सारा अस्तित्वलाइ मेटाएकि एउटी जननीलाई

अन्तिम समएमा जब तिम्रो आबस्यक्ता पर्छ

ति कापेका हात खुट्टाहरुलाइ सहारा दिनको लागि

वृद्धाश्रमको बाटो देखाएर

ए कार्तिक्य तिमि आफ्नो कर्तव्य बाट

कसरी पन्छिन सक्छौ

धुमिल आँखासँगै एउटी जननीले

जब तिम्रो नामको लाल पुर्जामा

हासी हासी अठाछाप लगाइदिन्छिन

एक चोटी नियाल्नु ति औँठाहरुमा

तिमिलाइ तिमि बनाउनको निम्ति

कसरी उनले आफ्ना सारा अस्तित्वलाई

आफ्नै औँठाका छापहरुले ल्याप्चे लगाएर

तिम्रो नाममा पास गरिदिएकि छिन

के सक्छौ फिर्ता गरिदिन

एउटी जननीको हातबाट

छुटेका समयका ति दस्तावेजहरुलाई।

रुपा थापा

बिदुर -१ढुङ्गे , नुवाकोट ।



Related News


यसमा तपाइको मत


Comments