11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संसद विघटनाविरुद्ध काठमाडौं माइतीघरमा प्रदर्शन




संसद विघटनाविरुद्ध काठमाडौं माइतीघरमा प्रदर्शन

काठमाडौं, १० माघ । वृहत नागरिक आन्दोलनले शनिबार पनि संसद विघटनाविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।
लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी, लेखक युग पाठकसहितका अभियन्ताले माइतीघरको सडकमा बसेर प्रदर्शन गरेका हुन् । उनीहरुले संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलनले पर्सि सोमबार बालुवाटरमा मार्चपास गर्ने कार्यक्रम घोषणा गरेको छ ।




यसमा तपाइको मत


Comments