08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगार व्यवसायी संघले विभागलाई ध्यानाकर्षण गराउँदै




वैदेशिक रोजगार व्यवसायी संघले  विभागलाई ध्यानाकर्षण गराउँदै


काठमाडौं, ११ माघ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागमा आज आफ्ना समस्याबारे लिखितरुपमा ध्यानाकर्षण गराउने भएको छ । 
विभागका महानिर्देशक कुमार दाहालले समस्या समाधान भन्दा अनुचित नियन्त्रणको शैली अपनाएको भन्दै संघले ध्यानाकर्षण गराउन लागेको हो । ्
संघको शनिबारको बैठकले विभाग घेराउको स्वरुप तय गरेको छ । संघका अध्यक्ष विष्णुप्रसाद गैरेका अनुसार वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका लागि गर्नुपर्ने कामका सम्बन्धमा गत वर्ष धुलिखेलमा सम्पन्न कार्याशला गोष्ठी र त्यसयता विभिन्न समयमा विभागका महानिर्देशक दाहालले राखेका प्रतिवद्धता स्मरण गराउँदै ती प्रतिवद्धता बारे लिखितरुपमा ध्यानाकर्षण गर्ने कार्यक्रम तय गरिएको हो । 
त्यसपछि उनले वैदेशिक रोजगार विभागमा रहेका समस्याहरुको स्थायी समाधान खोज्ने भन्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसहित मन्त्रालयका उच्च अधिकारी, संघ पदाधिकारी, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुसहित नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोका प्रतिनिधिसमेत राखी काभ्रेको धुलिखेलमा आवासीय गोष्ठी गरेका थिए ।

 

 



Related News


यसमा तपाइको मत


Comments