16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एशियाको सबैभन्दा ठूलो लागुपदार्थ गिरोहका नाइके नेदरल्यान्डमा पक्राउ




एशियाको सबैभन्दा ठूलो लागुपदार्थ गिरोहका नाइके नेदरल्यान्डमा पक्राउ


काठमडौं, ११ माघ । विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्ति नेदरल्यान्डमा पक्राउ परेका छन् । 

चीनमा जन्मिएका क्यानडेली नागरिक सो चि लप पक्राउ परेका हुन् । संसारमा सबैभन्दा धेरै खोजी गरिएका फरार अभियुक्तमध्येका एक मानिने उनलाई एम्स्टार्डममा रहेको स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।  नेदरल्यान्डको प्रहरीले अस्ट्रेलियाद्वारा जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको खबरमा उल्लेख गरिएको छ । 

एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका उनी अस्ति शुक्रबार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका हुन् ।  उनी आबद्ध गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्ने  पनि बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै रोएटर्सले सो चि लपको समूहले मेट्याम्फेटमिन बिक्रीबाट मात्रै सन् २०१८ मा १७ अर्ब डलरभन्दा धेरै रकम आम्दानी गरेको अनुमान गरेको थियो ।

उनको पक्राउका लागि एएफपीको नेतृत्वमा विश्वभरिका झण्डै २० वटा निकायले सहकार्य गरेको रोयटर्सले जनाएको छ । 




यसमा तपाइको मत


Comments