07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अब एउटा डिभाइसबाट एक पटकमात्रै सवारी लाइसेन्स आवेदन





काठमाडौं, १२ माघ । अबदेखि एउटा डिभाइसबाट एक पटकमात्रै अनलाइन सवारी लाइसेन्स आवेदन दिन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी आवेदनलाई अनलिमिटेड बनाउँदै सो व्यवस्था गरेको हो ।

विचौलियाको बिगबिगीलाई अन्त्य गर्न विभागले यस्तो व्यवस्था गरेको हो । खासगरी विचौलियाले ग्राहकबाट पैसा उठाएर एकैपटक धेरै फर्म अपलोड गर्ने भएकाले सेवाग्रहीले झन्झट व्यहोर्नुपरेको भन्दै विभागले यो कदम चालेको हो ।

एक दिनमा एउटा कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट एक पटकमात्रै लाइसेन्सको आवेदन दिन मिल्ने छ । यदि कुनै डिभाइसबाट एकभन्दा बढी आवेदनका लागि प्रयास गरेको खण्डमा ‘युज अनोदर मशिन’ भन्दै नोटिफिकेसन देखाउँछ ।




यसमा तपाइको मत


Comments