16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रहरीका १६ डीएसपी एसपी बढुवामा सिफारिस(सूचीसहित) 




प्रहरीका १६ डीएसपी एसपी बढुवामा सिफारिस(सूचीसहित) 


काठमाडौं, १२ माघ । नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि सिफारिस भएका छन्।
सोमबार बढुवा समितिको बैठकले १६ जना प्रहरी नायब उपरीक्षक (डीसपी)लाई एसपी बढुवामा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमध्ये पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका भुवनेश्वर तिवारी छन्।

उनी यसअघि बढुवा दाबेदार हुँदाहुँदै पनि छुटेका थिए। 
दोस्रो नम्बरमा महानगरीय प्रहरी वृत्त, ठिमी भक्तपुरका ऋषिराम कँडेल, तेस्रोमा कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा, बाँकेका सुरेशप्रसाद काफ्ले र चौथोमा प्रधान कार्यालय प्रशासन विभागका अमरेन्द्रबहादुर सिंह छन्।  

त्यस्तै, प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा नक्सालका श्यामसिंह चौधरी, प्रशासन शाखाका नकुल पोख्रेल, पदमबहादुर विष्टको पनि बढुवा सिफारिस भएको छ।

 




यसमा तपाइको मत


Comments