07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै




कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, १३ माघ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा तेस्रो चरणको आन्दोलन गर्नेबारे छलफल हुने बताइएको छ । योसँगै कांग्रेसको १४ औं महाधिवेशनबारे पनि छलफल हुनेछ।

कांग्रेसले फागुनमा महाधिवेशन तोके पनि त्यसअनुसार तयारी गरेको छैन। क्रियाशील सदस्यता वितरण विभिन्न जिल्लामा जारी छ। यस्तै प्रदेशहरूमा पार्टी सरकारमा जाने वा नजाने भन्ने पनि केन्द्रीय समितिमा छलफलको विषय छ। बागमती प्रदेश र प्रदेश नम्बर १ मा नेकपा प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्रीहरूविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले आज सरकारविरूद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ।



Related News


यसमा तपाइको मत


Comments