11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्यो सुनको भाउ




बढ्यो सुनको भाउ


काठमाडौं, १३ माघ । सुनको भाउ मंगलबार तोलामा चार सय रुपैयाँले बढेको छ । छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोबार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।




यसमा तपाइको मत


Comments