16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोभिड–१९ विरुद्धको खोप अभियानः पहिलो दिन ९ हजार ८४ जनाले लगाए




कोभिड–१९ विरुद्धको खोप अभियानः पहिलो दिन ९ हजार ८४ जनाले लगाए


काठमाडौं, १४ माघ । कोरोनाविरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४  जनाले खोप लगाएका छन् । खोप लगाएको १० घन्टासम्म उनीहरुमध्ये कसैलाई साइड इफेक्ट नदेखिएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारी बताए ।

निर्देशक भण्डारीसहित १०६ जना स्वास्थ्यकर्मीले आज खोप लगाइसकेका छन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप गत बुधबार नेपाल आइपुगेको थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुभारम्भ गर्दै ११ वटा अस्पतालले एकैपटक खोप लगाउन सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअलमार्फत खोप अभियानको शुभारम्भ गर्दै तीन महिनाभित्र आम नेपालीलाई निशुल्क खोप वितरण गर्ने बताएका छन् । 
उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिबद्धतासमेत व्यक्त गरे । प्रधानमन्त्रीले छिट्टै खोप लगाउन शुरुआत गर्न पाएकामा खुशी व्यक्त गर्दै आफूले शुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्यगरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिकलगायतलाई धन्यवाद दिए ।
उक्त समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाउने जानकारी दिए ।
उनले पहिलो चरणको अभियान १० दिनसम्म जारी रहने बताउँदै २८ दिनपछि खोपको दोस्रो मात्रा लगाइने जानकारी गराए ।




यसमा तपाइको मत


Comments