13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना




उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं, १८ माघ । नेपालको मौसममा हाल पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशको पहाडी भेगका थोरै र तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो तथा राति प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १८ गते आइतबार
दिउँसो : प्रदेश नम्बर १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १९ गते सोमबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ २० गते मंगलबार
दिउँसो : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु्रकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।




यसमा तपाइको मत


Comments