08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

   भागरथीको बलात्कारपछि हत्या भएको शव परीक्षण रिपोर्ट




   भागरथीको बलात्कारपछि हत्या भएको शव परीक्षण रिपोर्ट


बैतडी, २६ माघ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ ।     
सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसअघि घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेकी थिइन् । भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो ।     
     
बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको जनाएको छ । 



Related News


यसमा तपाइको मत


Comments