09 Ashwin, 2080 / 26 September , 2023
काठमाडौं, २७ माघ । भारतीय अभिनेता राजीव कपूरको निधन भएको छ । उनको मंगलबार हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीले जनाएको छ ।
५८ वर्षका राजीव राज कपूरका कान्छो छोरा हुन् भने रणधीर कपूर र ऋषि कपूरका भाइ हुन् । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा शुरु गरेको थिए । ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए ।