08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लमजुङमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु 




लमजुङमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु 


लमजुङ, २९ माघ । लमजुङमा बोलेरो जीप दुर्घटना भएको छ ।  दोर्दी खोलामा निर्माणधीन ५४ मेगावटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको बोलेरो जीप दोर्दी गाउँपालिका वडा नं. ६ लोदोखोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  प्रदेश नं. ३–०१–०२२ च १३८३ नम्बरको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा उदयपुर जिल्ला लिमजुडबुड गाउँपालिका– १ घर भएका जलविुद्यत आयोजनामा कार्यरत जीप चालक अन्दाजी ३० वर्षीय किशोर राई, स्याङ्जा घर भई जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर ३५ वर्षीय यदुनाथ भट्टराई र तनुहुँ घर भई जलविद्युत आयोजनामा कार्यरत ४० वर्षीय प्रकाश लौडरी रहेका छन् । 
दुर्घटनामा सुनसरी घर भई जलविद्युत आयोजना कार्यरत सुनिल शाह, दोर्दी गाउँपालिका वडा नं. ६ ताजेका स्थानीय अनु घले र दोर्दी गाउँपालिका वडा नं.६ कै सुनिता विक घाइते भएका छन् । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ । 



Related News


यसमा तपाइको मत


Comments