11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जब ‘नीतिले’ महिला हिंसा गर्न खोज्छ ?




जब ‘नीतिले’ महिला हिंसा गर्न खोज्छ  ?

-डा.अरुण उप्रेती-

कुुन दिन महिलाहरु विवाह पूूर्व कुमारी छन् कि छैनन भनेर जाँच गर्न सरकारले  निती बनाइदेला कि ?

४० वर्षभन्दा मुुनिका महिलाहरु ‘नाबालक’ हुुन भन्ठानेर सरकारले ‘वडा’ र ‘परिवार’ सँग ‘आज्ञा’ मागेर मात्र बाहिर जाने निती बनाउन लागेको छ । यो पढ्दा मलाई अफगानिस्तानको याद आयो ।

मुस्लिम बाहुल्य भएको देशमा अफगानिस्तानमा मैले १८ बर्ष अघि काम गर्दा त्यहाँको मुल्लाहरुले महिलालाई गरेको व्यवहार, घर भित्र नै बसिरहनु पर्ने र बाहिर काम गर्न जान नपाउने महिलाहरुको व्यथा, बाहिर कतै जानु परे सानो भए पनि केटालाई नै लिएर हिड्नु पर्ने अबस्था देखेर छक्क लाग्थ्यो । कसरी महिलाहरु यस्तो जिवन जिउन सक्छन् होला भन्ने सोच्थें । नेपालमा त महिलाहरुको अबस्था यस्तो छैन भनेर गर्व पनि गर्थें । तर अहिले नेताहरुले “ल्याउन लागेको” निती पढ्दा लाग्छ, तालिवानले सिकाएछन् नेतालाई “महिलाहरुलाई छुुुट नदेउ ।”

म अफगानिस्थानमा रहँदा त्यहाँको अनुभवले मलाई सिकाएको थियो कसरी धार्मिक रुपमा अन्धा व्यक्तिहरुले राजनीतिलाई प्रयोग गरेर मानिसहरुको जीवनमा कष्ट पार्छन् । अफगानीस्तानमा धार्मिक गुरुहरुले आफूले व्यभिचार गर्ने, किशोरी र महिलाहरुलाई बलात्कार गर्थे र आफ्नो काम सुचारु रुपले चलिरहोस् भने जनतालाई र विशेष गरी महिलाहरुलाई शिक्षा र कामबाट वर्चित गरेका थिए ।

नेपालमा नेताहरु पनि त्यसै गरी बदमासी गर्छन्, गुुण्डा पाल्छन् तर देह व्यापारको लागि विदेशमा महिला र बालिका लगेर बेच्नेलाई आफ्नो सल्लाहकार बनाउँछन् । महिलालाई चाहिँ बन्धनमा राख्न खोज्छन्, एक्लै नजाउ भनेर । तालिवानले त्यहाँका महिलालाई दिएको पिडा सम्झेर अहिले पनि मलाई कहाली लाग्छ । तर अब त आफ्नै देशका महिलाहरुको अवस्था देखेर कहाली लाग्ने बेला आयो ।

अफगानीस्तानमा चालिस वर्षीया ताहिरा शिक्षित महिला थिइन् । उनका ६ जना छोराछोरी थिए ।

ताहिराले भनेकि थिइन्–“मलाई पढ्न धेरै रहर थियो । तर तालीवान केटीहरुलाई विद्यालय जान नदिने नियम बनाए ।

मेरो दिदीको १२ वर्ष नपुग्दै बिहे भएको थियो । मैले त्यती चाँडो विवाह गर्न मानिनँ । अनि मलाई १४ वर्षमा एक युवकसँग विवाह गरिदिनुभयो । केही त पढ्न पाएँ ।

छोराछोरीका सम्बन्धमा ताहिरासँग जिज्ञासा राख्दा उनले हाँसेर भनिन्–“अफगानी संस्कृतिमा धेरै छोराछोरी हुनु शुभसूचक मानिन्छ, पाँच छोराछोरी भएपछि हामी सन्तान पुगेको थियो । तर तालिवानहरुको समयमा मलाई काम गर्न, घरबाट बाहिर निस्कन र बोल्न दिएनन । त्यसैले मेरो अरु “केही काम भएन, सन्तान पाएर मात्र समय बिताएँ” ।

नेपाली महिलाहरु पनि त्यसैगरी समय बिताउने बेला आयो ।?

तालिवानको शासनमा महिलाहरुलाई बाहिर काम गर्न नदिइने भएको हुनाले यसले अफगानी समाजको शिक्षा, राजनीति र स्वास्थ्यलाई नराम्रोसित भत्काइदिएको छ” ताहिराले भनिन् । नेपालमा पनि के त्यही हुुनेवाला छ कि ? अफगानी बसमा मलाई एक जना डाक्टर साथीले आफ्नो तीतो अनुभव सुनाए–“एक पटक म क्लिनिकमा काम गर्दै थिएँ । एक महिला आफ्नो बिरामी बच्चा लिएर मकहाँ आइन् । उनी बाहिर कुरिरहँदा केही तालिवान् पुलिस मेरो क्लिनिकभित्र आएर बाहिर ती महिला के गर्दैछन् भनेर केरकार गरे । मैले भने कि उनको बच्चा बिरामी छ र मकहाँ जचाँउन ल्याएकी हुन् तर उनीहरले मलाई ती महिलालाई नजाँच्न आदेश दिए र भने कि म एक पुरुष भएको हुनाले मैले उसलाई जाँच्न पाउने छैन । म निराश भएँ । मैले ती महिलालाई बच्चा लिएर फर्किन आग्रह गरेँ । उनी पनि धेरै दुःखी भइन् र मेरो सामु रोइन् पनि । मलाई यति एकदमै बेसहारा र ग्लानी अनुभव भयो कि मैले मेरो डक्टरी पेरा र अफगानिस्तान नै छोडेँ” ती साथी अहिले पाकिस्तानमा छन् । ।”

ती डक्टर एक्लो व्यक्ति होइनन्, जसले यस्ता तीता अनुभवहरु संगाले ।

नेपालमा कुन दिन महिलाहरु एक्लै डाक्टरकहाँ जाँदा पुुरुषले बलत्कार हुुने भएकोले, महिलाहरु पुुरुषसँगै मात्र जानुु भन्ने निती आउँला, “बरु घरमा नै बस बाहिर नजाउ है महिला ?

अफगानिस्तानमा महिला डक्टरहरुको पीडा पनि उस्तै थियो र तिनीहरुलाई कडा नियमको पालना गर्नुपथ्र्यो । एक जना महिलाले भनेकी थिइन –“एकपटक ट्याक्सीमा गइरहँदा मलाई अफगानिस्तानको धािर्मक पुलिसले लखेट्यो । तिनीहरुले मलाई रोके र सोधे तिमी किन एक्लै हिँड्दै छौ ? मैले म डक्टर हुँ र अस्पतालतर्फ जाँदैछु भनेँ । तिनीहरुले मेरो कुरा विश्वास नगरेपछि मैले मेरो हाकिमलाई बोलाएँ । मेरो आफ्नो बुर्का उतारेपछि हाकिमले मलाई चिने । तर ती तालिवानहरुले मलाई डण्डाले हिर्काए र मेरो शरीरमा घाउ बनाए । यस्ता घटनाहरुले अफगानी महिला तथा पुरुष दुवैलाई कैदमा झैँ बस्न बाध्य गराएको थियो ।” त्यस्तो अवस्थामा मैले कसरी काम गरें हुँला भन त ।”

नेपालमा पनि अब ४० वर्ष मुुनिका आमा र छोरी विदेश जानुु परे श्रीमान र ‘वडा’ सदस्यलाई घुुस दिएर मात्र जान पाइने भो ।

आफ्नो दायित्व पूूरा गर्न नचाहने सरकार र नेताले ‘तालिवान’ को जस्तै नियम लागू गरेर ‘महिलाको खुुट्टा’ मा जंजीर बाध्न खोजेका छन् । त्यो मान्ने ?

कुुन दिन महिलाहरु विवाह पूूर्व कुमारी छन् कि छैनन भनेर jaanch garna सरकारले निती बनाइदेला कि ?

डा. उप्रेतीको फेसबुकबाट साभार 



Related News


यसमा तपाइको मत


Comments