13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना




गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं, ४ फागुन । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानको मौसम सामान्य बदली भएको छ।  

दिउँसो बागमती, गण्डकी र प्रदेश नम्बर एकका केहि स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी तीनै प्रदेशका पहाडी तथा उच्च हिमाली भेगमा हिमपात हुनेछ ।

मौसम विश्लेषण (Meteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status):

प्रदेश न १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान 

फाल्गुन ०४ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: प्रदेश नं १, प्रदेश नं , बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

 फाल्गुन ०५ गते (बुधबार)

दिउँसो :  प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई  स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

 राती: देशका पहाडी भूभागहरुमा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

 फाल्गुन ०६ गते (विहीबार)

दिउँसो :  देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

 राती: प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदुर पश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्न सक्ने हुदा तापक्रममा सामान्य गिरावट आउन सक्ने देखिएकोले यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

 

 




यसमा तपाइको मत


Comments