16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु




गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु


गुल्मी, ५ फागुन , गुल्मीको परालमीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो । दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए । सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।



Related News


यसमा तपाइको मत


Comments