16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भागरथी हत्या प्रकरणः  अभियुक्त सार्वजनिक, पाँच दिन हिरासतमा राख्न अनुमति




भागरथी हत्या प्रकरणः  अभियुक्त सार्वजनिक, पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौं, ५ फागुन । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणका अभियुक्तलाई बुधबार सार्वजनिक गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै कक्षा ११ मा अध्ययन गर्ने १८ वर्षीय दिनेश भट्टलाई घटनाको १५ दिनपछि सार्वजनिक गरेको हो । भट्ट भागरथीका चिनेजानेका मात्र होइन नाता जोडिएकै व्यक्ति हुन्। 

गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो ।घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि  नियन्त्रणमा लिएको हो।

घटना भइसकेपछि किशोर पहिलै झै बिद्यालयमा जाने र भागरथीको न्यायका लागि भएको कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।अभियुक्त भनिएका भट्टको घर भागरथीको भन्दा करिब १५ मिनेटको दुरीमा रहेको छ।अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरीसमक्ष साबिती बयान दिएका थिए ।

हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।
यसैजिल्ला अदालत बैतडीले १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपी दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले भागरथीको बलात्कारपछि हत्या गरेको आरोपमा मंगलबार पक्राउ परेका दिनेशलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।



Related News


यसमा तपाइको मत


Comments