08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीका लागि बहराइन जाने श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने




वैदेशिक रोजगारीका लागि बहराइन जाने श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं, ८ फागुन । बहराइनले वैदेशिक रोजगारीका लागि श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ ।

कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई कोरोना परीक्षणको दायरा बढाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो नियम यही २२ फेब्रुअरीदेखि लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ भने दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ ।

यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

आफ्नो मोवाइलमा ‘बीवेयर बहराइन’ एप अनिबार्य डाउनलोड गर्नुपर्नेछ । विमानस्थलमा गरिएको पहिलो परीक्षणको रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोलेट’ बस्नु पर्ने नियम रहेको दूतावासले जनाएको छ ।

यसअघि बहराइन प्रवेश गर्नेले दुईपटक मात्र कोरोना परीक्षण गर्ने नियम थियो।



Related News


यसमा तपाइको मत


Comments