15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

प्रदेश एकको प्रदेशसभा बैठक बस्दै




प्रदेश एकको प्रदेशसभा बैठक बस्दै

काठमाडौं, ९ फागुन । प्रदेश नंम्बर एकको प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहले दर्ता गराएको अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।

 तर नेकपाको ओली समूहले भने मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न नदिने तयारीमा रहेको छ । अघिल्लो बैठकमा पनि ओली समुहको अवरोधका कारण अविश्वास प्रस्ताव दर्ता हुन सकेको थिएन । माघ २५ गतेको बैठक ओली समुहका सांसदहरूले विरोध जनाएपछि कार्यसूचीमा प्रवेशै नगरी बैठक स्थगित भएको थियो । माघ ७ गते बोलाएको बैठक ३ मिनेट बसेर स्थगित भएको थियो ।

मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव जबरजस्ती अघि बढाए प्रदेश सभा भंग गर्ने चेतावनी दिएका छन । नेकपाका दाहाल नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यो प्रदेश सभामा पेश हुन सकेको छैन ।

 




यसमा तपाइको मत


Comments