13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उड्दै गरेको विमानमा आगलागी, पाइलटले जोगाए २३१ यात्रु




उड्दै गरेको विमानमा आगलागी, पाइलटले जोगाए २३१ यात्रु

एजेन्सी । अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो ।

आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण गराइएको बीबीसीले जनाएको छ ।

विमानमा चालक दलका १० सदस्यसहित २३१ यात्रु रहेका थिए । उनीहरु सबै सुरक्षित रहेका बीबीसीको खबरमा उल्लेख गरिएको छ । इञ्जिनमा समस्या आएपछि विमान चालकले नआत्तिकन बस्न यात्रुलाई आग्रह गरेका थिए । उनले डेनभरको विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर सहयोग मागेका थिए । अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने भएको छ।



Related News


यसमा तपाइको मत


Comments