08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशभरकोे तापक्रम बढ्यो




देशभरकोे तापक्रम बढ्यो

काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम बढेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको तापक्रम पनि २३/२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाण्डौको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना छैन ।


 




यसमा तपाइको मत


Comments