11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मेक्सिकोमा सैन्य विमान दुर्घटना




मेक्सिकोमा सैन्य विमान दुर्घटना

एजेन्सी । मेक्सिकोमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार दक्षिणपूर्वी राज्य भेराक्रुजमा वायु सेनाको विमान आइतबार बिहान दुर्घटनामा परेको हो ।

एमिलियानो जापाटाको एयरपोर्टबाट विमानले उडान लिने क्रममा दुर्घटना भएको मेक्सिकोको सरकारी अधिकारीले बताएका छन् । विमान दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुलिनसकेको त्यहाँका रक्षामन्त्रीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

विमान दुर्घटना हुनुको कारण खुलेको छैन । घटनाको अनुसन्धान थालिएको रक्षा मन्त्रालयले जनाएको छ । 


 



Related News


यसमा तपाइको मत


Comments