24 Falgun, 2077 / 8 March , 2021
चितवन, ११ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीेले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारे ।
शक्ति पृथकीकरणको सिद्धान्तलाई आपूmहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।
राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि सङ्कट आएका कारण दिगो हुन नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालय सदस्य पोखरेलले बताए ।
निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोशिश नगर्न सबैलाई अनुरोध गरे ।